२०८३ साउन २१ गते बिहीबार

नेपाल कबड्डी लिग : आज धनगढी वाइल्डक्याट्स र पोखरा लेकर्स खेल्दै

नेपाल कबड्डी लिग : आज धनगढी वाइल्डक्याट्स र पोखरा लेकर्स खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ ९ गते बुधबार ०९:२४

यसअघि हिजो भएको खेलमा जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स विजयी भएका छन् ।  हिजो बेलुका भएको खेलमा जनकपुर नाइट्सले तेस्रो जीत हासिल गरेको छ ।

पोखरा ।

नेपाल कबड्डी लिग (एनकेएल) मा आज धनगढी वाइल्डक्याट्स र पोखरा लेकर्स खेल्दैछन् ।

यी दुई टिमबीचको खोल आज बेलुका साढे ६ बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुनेछ ।

यसअघि हिजो भएको खेलमा जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स विजयी भएका छन् ।  हिजो बेलुका भएको खेलमा जनकपुर नाइट्सले तेस्रो जीत हासिल गरेको छ ।

जनकपुरले हिजो विराटनगर ब्यान्डिट्सलाई ४०–३८ को स्कोरमा पराजित गरेको हो । जीतसँगै जनकपुर जारी प्रतियोगितामा तीन खेलबाट १५ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै त्यसअघि सम्पन्न पहिलो खेलमा काठमाण्डौले दोस्रो जीत हासिल गरेको छ । काठमाण्डौले हिमालयन राइडर्सलाई ५६–३४ को स्कोरमा पराजित गरेको हो ।

जीतसँगै काठमाण्डौले जारी प्रतियोगितामा तीन खेलबाट ११ अंक जोडेको छ । पराजित हिमालयनको समान खेलबाट पाँच अंक छ ।

एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डौ माभरिक्स, पोखरा लेकर्स, हिमालयन राइडर्स र धनगढी वाइल्डक्याट्स सहभागी छन् ।

प्रकाशित मिति २०८१ माघ ९ गते बुधबार ०९:२४
हजुरको प्रतिक्रिया