२०८३ साउन २१ गते बिहीबार

आठौं म्याग्दी महोत्सव सम्पन्न, १० करोडको कारोबार, १ लाख दर्शकले गरे अवलोकन

आठौं म्याग्दी महोत्सव सम्पन्न, १० करोडको कारोबार, १ लाख दर्शकले गरे अवलोकन

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८१ माघ ९ गते बुधबार ०७:१४

मेलामा १० करोड बराबरको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले यसपटक म्याग्देलीले म्याग्दी महोत्सवलाई भब्य रुपमा सफल बनाएर सन्देश प्रवाह गरेको बताए ।

म्याग्दी ।

म्याग्दीको सदरमुकाम बेनीबजारमा सम्पन्न आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलामा १० करोडको कारोबार भएको छ ।

गत पुस २८ देखि यही माघ ८ मंगलबारसम्म आयोजना भएको महोत्सवमा १ लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् । मेलामा १० करोड बराबरको कारोबार भएको म्याग्दी उद्योग वाणिज्य संघले जनाएको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले यसपटक म्याग्देलीले म्याग्दी महोत्सवलाई भब्य रुपमा सफल बनाएर सन्देश प्रवाह गरेको बताए ।

कूल दुई सय ३० वटा प्रदर्शनी कक्ष रहेको महोत्सवभित्र र बेनीबजारमा हरेक होटल तथा रेष्टुरेन्ट, अन्य ब्यापारिक क्षेत्रहरूमा समेत चहलपहल थियो । महोत्सवमा स्थानीय कृषि तथा पशुजन्य, सूचना प्रविधि,आयातित बस्तु,खाद्यान्न, भाडाको प्रर्दशनीगरिएको थियो। नेपाली कागज, सिमीको दाल, अल्लो, ढाका कपडा, मौलिक खानाका परिकारले समेत दर्शकलाई आर्कषित गरेको थियो । हरेक तीन–तीन वर्षको अन्तरालमा म्याग्दी महोत्सव लाग्ने गरेको छ ।

प्रकाशित मिति २०८१ माघ ९ गते बुधबार ०७:१४

हजुरको प्रतिक्रिया