२०८३ कात्तिक ११ गते मंगलबार

भारतमा भएको रेल दुर्घटनामा परि ४ जना नेपालीको मृत्यु

भारतमा भएको रेल दुर्घटनामा परि ४ जना नेपालीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १० गते बिहीबार १०:०८

ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन् । उनीहरुको ठेगाना भने खुल्न बाँकी छ ।

एजेन्सी ।

भारतको महाराष्ट्रस्थित जलगाउँमा भएको रेल दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना नेपाली रहेका छन् ।

ज्यान गुमाउने नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन् । उनीहरुको ठेगाना भने खुल्न बाँकी छ ।

हिजो लखनऊबाट मुम्बई जाँदै गरेको पुस्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँमा पुग्दा आगलागी भएको हल्ला फैलिएपछि दुर्घटना भएको हो ।

आगो लागेको हल्लापछि रेलबाट हाम फालेका ५० जनाभन्दा बढीलाई अर्को दिशाबाट आएको रेलले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमा ४ नेपालीसहित १२ जनाको मृत्यु भएको छ ।

दुर्घटना परेर ४० जनाभन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमध्ये सात जनाको मात्रै पहिचान भएको छ ।

परिचय खुलेका मृतकमध्ये चार भारतीय नागरिक छन् । दुर्घटनामा घाइते भएका ४० जनालाई महाराष्ट्रका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

 

प्रकाशित मिति २०८१ माघ १० गते बिहीबार १०:०८
हजुरको प्रतिक्रिया