२०८३ साउन २१ गते बिहीबार

सत्तारुढ सांसदद्वारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

सत्तारुढ सांसदद्वारा गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १४ गते मंगलबार ०१:२७

पोखरा ।गण्डकी प्रदेशको सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले संसद अवरुद्ध गरेका छन् । कोरोना परीक्षण नगरी बैठक डाकिएको भन्दै उनीहरुले संसद अवरुद्द गरेका हुन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको...

कोभिड परिक्षण नगरिएको बहाना कि सत्ता लम्ब्याउने खेल ?

पोखरा ।गण्डकी प्रदेशको सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले संसद अवरुद्ध गरेका छन् । कोरोना परीक्षण नगरी बैठक डाकिएको भन्दै उनीहरुले संसद अवरुद्द गरेका हुन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको विशेष अधिवेशनमा सोमबार टेबुल भएर छलफल भइरहेको छ । सांसदहरुको पीसीआर परीक्षण नगरिएको, धेरै सांसदले खोपको दोस्रो डोज पनि नलगाएको र जिल्ला प्रकाशन कार्यालय कास्कीले विषेधाज्ञासमेत जारी गरेको अवस्थामा संसद बैठक चल्न नदिने भन्दै सांसद राजीव पहारीले संसद बैठकको शुरुमै अवरोध गरेका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले सरकारका प्रवक्ता र मन्त्रीसहित सर्वदलीय बैठकले कार्यसूची तयार पारिएकाले बस्न आग्रह गरे । एमालेका सांसदले फेरि मानेनन् ।

प्रदेश प्रमुखले अधिवेशन डाकेकाले आफूले त्यसलाई रोक्न नमिल्ने सभामुखले बताए । सभामुख अधिकारीले सत्तापक्षकै सांसदले संसद अवरुद्ध गर्नु राम्रो नहुने भन्दै बस्न आग्रह गरेका थिए । एमालेका सांसदले उठेर विरोध गरेपछि सभामुख अधिकारीले १८ मिनेटका लागि बैठक स्थगित गरेका छन् । सरकारका मन्त्रीबाहेक अरु सांसदले उठेर विरोध गरेका थिए ।

जनमोर्चाले पनि साथ दिने विश्वास दिलाएपछि कांग्रेस, माओवादी र जसपाका सांसदले अविश्वासको प्रस्ताव दर्ता गराउने थाहा पाएपछि वैशाख १ गते मध्यरातमा मुख्यमन्त्रीले अधिवेशन अन्त्य गराएका थिए । मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति २०७८ वैशाख १४ गते मंगलबार ०१:२७
हजुरको प्रतिक्रिया