२०८३ कात्तिक १० गते सोमबार

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आगलागीमा परी २२ जनाको मृत्यु

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा आगलागीमा परी २२ जनाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १० गते बिहीबार ०२:१९


जिल्लास्तरमा डढेलो तथा आगलागी नियन्त्रणको लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताए ।

काठमाडौं ।

चालु आर्थिक वर्ष (२०८०÷०८१) शुरु भए यता हालसम्म आगलागीका घटनाबाट २२ जनाको मृत्यु भएको छ ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहाकारी तथा प्राकृतिक स्रोत समितिमा गृह मन्त्रालयका सहसचिव टोकराज पाण्डेले आगलागीका १ हजार ४ सय ४२ घटनामा २२ जनाको मृत्यु भएको बताएका छन् । उनकाअनुसार आगलागीका घटनामा परी मृत्यु हुनेमा ६ जना पुरुष र १६ जना महिला रहेका छन् । उनले यही अवधीमा आगलागीका घटनाबाट १ हजार ६ सय ५६ घर परिवार प्रभावित भएको बताए । आगलागीले ८८ घरमा आंशिक र २२८ घरमा पूर्ण क्षति हुँदा ६७ करोड २६ लाख १० हजार १ सय ५३ रुपैयाँ बराबराको क्षति भएको सहसचिव पाण्डेले उल्लेख गरे ।

सहसचिव पाण्डेले २०८० को फागुनदेखि वैशाख मसान्तसम्म आगलागीबाट ५६ तथा डढेलोको घटनाबाट १७ जनाको मृत्यु भएको जानकारी दिए । उनलेसोही अवधीमा आगलागीमा परी १७९ तथा डढेलाबाट २६ जना घाइते भएको जानकारी दिए । सहसचिव पाण्डेले तीन उक्त तीन महिनाको अवधिमा आगलागी एवं डढेलोबाट १ अर्ब २३ करोड ७५ लाख ३१ हजार ९६५ रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरे । नेपालमा लाग्ने डढेलो मानवीय हेलचेक्र्याँई र नियोजित रुपमा लगाउने गरिएको सहसचिव पाण्डेले जिरिक गरे ।

उनले आगलागी र डढेलो नियन्त्रणका लागि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जनचेतना बिस्तार र सचेतना कार्यक्रमहरु सञ्चालन गर्ने व्यवस्था मिलाइएको बताए । उनले आगलागीजन्य विपद् न्युनिकरणकाल लागि स्थानीय प्रशासनहरुलाई आवश्यक निर्देशन दिइएको समेत उल्लेख गरे । सहसचिव पाण्डेले आगलागी नियन्त्रणका लागि सुरक्षा निकाय तथा वन क्षेत्रका जनशक्तिलाई तालिम प्रदान गर्ने तथा आगलागी नियन्त्रणका लागि सुरक्षा परिचालनको व्यवस्था मिलाइएको जिकिर गरे ।

जिल्लास्तरमा डढेलो तथा आगलागी नियन्त्रणको लागि कार्ययोजना बनाई कार्यान्वयन गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको उनले बताए । २०८१ साउन १ गतदेखिको पहिलो ६ महिनामा १ हजार ६५६ परिवार आगलागीबाट प्रभावित भएका छन् । जसमध्ये आंशिक ८८ र पूर्ण क्षति २२८ रहेको छ ।

प्रकाशित मिति २०८१ माघ १० गते बिहीबार ०२:१९

हजुरको प्रतिक्रिया