२०८३ साउन २१ गते बिहीबार

ऊर्जामन्त्री टाेप बहादुर रायमाझीमा कोरोना संक्रमण पुष्टि

ऊर्जामन्त्री टाेप बहादुर रायमाझीमा कोरोना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १४ गते मंगलबार ०३:२९

काठमाडाैं ।  ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले जानकारी दिएका छन् । केही दिनयता कोरोनाको लक्षण देखिएपछि...

काठमाडाैं ।  ऊर्जामन्त्री टोपबहादुर रायमाझीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोमबार गरीएको परीक्षणमा कोरोनाको पोजेटिभ रिपोर्ट देखिएको उनका निजी सचिव नारायण खत्रीले जानकारी दिएका छन् ।

केही दिनयता कोरोनाको लक्षण देखिएपछि उनले परीक्षणका लागि स्वाब दिएका थिए । कोरोना पुष्टि भएसँगै उनी छाउनीस्थित सैनिक अस्पतालमा भर्ना भएका छन् । उनको अवस्था सामान्य रहेको खत्रीको भनाइ छ ।

संक्रमणअघि उनी क–कसको सम्पर्कमा रहेका थिए भन्नेबारे खाेजी भइरहेकाे बताइएकाे छ ।

प्रकाशित मिति २०७८ वैशाख १४ गते मंगलबार ०३:२९
हजुरको प्रतिक्रिया