पोखरा ।
ड्याडिज किचनले पोखराको चिप्लेढुंगामा शाखा बिस्तार गरेको छ । बुटवलको दीपनगरबाट सन २०१२ मा ठेलागाडा, फुड ट्रक, क्याफेहुँदै रेष्टुरेण्टको रुपमा सञ्चालित ड्याडिज किचनले पोखराको चिप्लेढुंगास्थित निभागल्लीको मुखमा नया शाखा सञ्चालनमा ल्याएको हो । यो ड्याडिज किचनको २२ औं शाखा हो भने पोखराको चौथो शाखा हो ।
शुक्रबारदेखि सञ्चालनमा आएको चिप्लेढुंगास्थित ड्याडिज किचनको पोखरा महानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी र ८४ वर्षिया ज्येष्ठ नागरिक लक्ष्मीदेवी द्वाले संयुक्त रुपमा उद्घाटन गरे । चार करोड लागतमा सञ्चालनमा आएको चिप्लेढुंगा शाखामा ईण्डियन तथा कन्टिनेन्टल मल्टि कुजिन, विभिन्न प्रकारका गुणस्तरीय खाना तथा खाजाहरु पाईने अध्यक्ष कमलजंग कुँवरले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अन्य शाखाहरुबाटजस्तै चिप्लेढुंगा शाखाबाटपनि फुड डेलिभरीको सुविधा हुने उनले बताए ।
चिप्लेढुंगा शाखामा दुई वटा मिटिङ हल, प्राइभेट स्पेस, दैनिक लाइभ म्यूजिक, बर्थ–डेलगायतका कार्यक्रमहरुको सेलेब्रेसन गर्न मिल्ने सुविधा रहेको उनले जानकारी दिए । ‘रमाइलो अनि आरामदायी वातावरण, आत्मिय सेवाको अनुभव, व्यवस्थित पार्किङपनि छ’–उनले भने ।
२५ वटा शाखा चाँडै पु¥याउने लक्ष्य राखेको ड्याडिज किचनले चिप्लेढुंगासहित २२ वटा शाखाहरुमा ड्याडिज किचन, ड्याडिज ट्रक, ड्याडिज एक्सप्रेस, कुकर कफी, हिपत रेष्टुरेण्ट तथा विभिन्न प्रतिष्ठित संस्थाहरुमा क्यान्टिन सञ्चालनमा रहेको उनले जानकारी दिए । उनका अनुसार अब चाँडै भारतको नया दिल्लीमापनि सेवा बिस्तार गर्ने तयारीमा ड्याडिज किचन छ ।
‘कायापलट ल्याउँछौं स्वदेशमै, युवा उद्यमशिलताको सम्मान गरौं’ भन्ने नाराका साथ सञ्चालनमा रहेको ड्याडिज किचनले देशभरीका शाखाहरुबाट ७ सय जनालाई र पोखराका ४ शाखाबाट मात्र २ सय ७० जनालाई रोजगारी दिएको जनाइएको छ । अध्यक्ष कुँवरका अनुसार चिप्लेढुंगा शाखामा ४ करोड लगानी भएको छ । पोखराका ४ वटा शाखामा भने १५ करोड लगानी भएको उनले बताए ।
प्रकाशित मिति २०८१ माघ ११ गते शुक्रबार ०७:३२




