२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशकाे फागुन ४ गतेकाे बिदा काटियाे, स्थापना दिवस माघ २२ गते मनाइने

गण्डकी प्रदेशकाे फागुन ४ गतेकाे बिदा काटियाे, स्थापना दिवस माघ २२ गते मनाइने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १२ गते शनिबार ०८:०१

पोखरा । गण्डकी प्रदेशकाे स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै...

पोखरा ।

गण्डकी प्रदेशकाे स्थापना दिवस माघ २२ गते मनाइने भएको छ ।

यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।

२०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइको थियो । २०७८ बाट त उक्त दिनमा प्रदेशभर सार्वजनिक बिदा दिन थालिएको थियो ।

२०७९ मा प्रदेश सभाको पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु हुँदा तत्कालीन अवस्थामा विपक्षी दलका नेता रहेका सुरेन्द्रराज पाण्डेले किन अलगअलग कार्यक्रम गरेको भनी प्रश्न गरेका थिए । पोहोर उनै पाण्डे मुख्यमन्त्री भए पनि अलग अलग कार्यक्रम गरिएको थियो । यसपालि भने मुख्यमन्त्रीकै अग्रसरतामा माघ २२ गते नै गण्डकी प्रदेश दिवस मनाउने निधो गरिएको छ । सरकारले यो वर्ष फागुन ४ गतेको बिदा पनि कटौती गरेको छ ।

प्रदेश दिवस मनाउने सन्दर्भमा तयारीका लागि शनिबार मुख्यमन्त्री पाण्डेको अध्यक्षतामा बैठक बसेको छ । प्रदेश नीति तथा योजना आयोगको हलमा बसेको बैठकले तयारीका लागि प्रमुख सचिव रघुराम बिष्टको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । समितिमा प्रदेश सभाका सचिव हरिराज पोख्रेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका सचिव बाबुराम गौतम, सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल र प्रदेश सभा सचिवालयका उपसचिव प्रेम सुवेदी छन् ।

प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतित्थ्यतामा हुने कार्यक्रम प्रदेश सभा सचिवालय परिसरमा गरिने भएको छ ।

प्रकाशित मिति २०८१ माघ १२ गते शनिबार ०८:०१
हजुरको प्रतिक्रिया