२०८३ साउन २१ गते बिहीबार

पाेखरा महानगरमा बैशाख १५ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

पाेखरा महानगरमा बैशाख १५ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १४ गते मंगलबार ०९:१७

पाेखरा । पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको भएकाे छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गदै अत्यावश्यक बाहेकका सेवा...

सरसफाइ र स्वास्थ्य बाहेकका सवै सेवा बन्द गरिएकाे महानगरकाे जानकारी

पाेखरा । पोखरा महानगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द गरेको भएकाे छ । विश्वब्यापी महामारीको रुपमा फैलिएको नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गदै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको महानगरले जनाएको छ ।

पोखरा महानगरपालिका कोरोना भाइरस संक्रमण रोकथाम मुल समितिको मंगलबार बसेको बैठकले भोलि (बुधबारदेखि ) पोखरा महानगरका अत्यावश्यक सेवा बन्द गर्ने निर्णय गरेको हाे ।

पोखरा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमप्रसाद आचार्यद्धारा जारी विज्ञप्तिमा बैशाख १५ गतेबाट २१ गतेसम्म स्वास्थ्य, सरसफाई र अन्य अत्यावश्यक सेवा बाहेकका अन्य सेवा बन्द गरिएकाे उल्लेख छ ।

अत्यावश्यक सेवा प्रवाहका लागि महानगरपालिका अन्तर्गतका महाशाखा, शाखा प्रमुख र वडा सचिवहरु अनिवार्य कार्यालयमा उपस्थित हुने तथा मातहतका कर्मचारीहरु महाशाखा प्रमुख, शाखा प्रमुख र वडा सचिवको सम्पर्कमा रही आवश्यक परेको खण्डमा कार्यालयमा उपस्थित भइ कामकाजमा सरिक हुनुपर्ने गरि सेवा प्रवाह स्थगन गरिएकाे आचार्यले जानकारी दिए ।

यता, पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले एक सुचना प्रकाशन गर्दै स्वास्थ्य सुरक्षाको सम्पूर्ण मापदण्डहरुको पालना गरी कोरोना भाइरसको रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा सम्पूर्ण नगरबासीहरुको सहयोगको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति २०७८ वैशाख १४ गते मंगलबार ०९:१७
हजुरको प्रतिक्रिया