२०८३ कात्तिक ११ गते मंगलबार

अमेरिकी सिनेटद्वारा क्रिस्टी नोएमलाई गृह सुरक्षा सचिवको जिम्मेवारी

अमेरिकी सिनेटद्वारा क्रिस्टी नोएमलाई गृह सुरक्षा सचिवको जिम्मेवारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १४ गते सोमबार ०२:२६

राष्ट्रपतिको मनोनयन पुष्टि गर्न साधारण बहुमत आवश्यक पर्दछ ।

काठमाडौं ।

अमेरिकी सिनेटले दक्षिण डकोटाकी गभर्नर क्रिस्टी नोएमलाई गृह सुरक्षा विभागको सचिवको जिम्मेवारी दिएको छ ।

माथिल्लो सदनले ५९–३४ को मतले ट्रम्पको छनोटलाई अनुमोदन गरेको हो । उहाँ ट्रम्पको मन्त्रिपरिषद्मा सामेल हुने चौथो व्यक्ति हुनुहुन्छ ।

सिनेटमा हाल रिपब्लिकनहरूको ५३–४७ बहुमत छ । राष्ट्रपतिको मनोनयन पुष्टि गर्न साधारण बहुमत आवश्यक पर्दछ ।

प्रकाशित मिति २०८१ माघ १४ गते सोमबार ०२:२६

हजुरको प्रतिक्रिया