२०८३ कात्तिक ११ गते मंगलबार

अज्ञात रोगबाट भारतको कश्मीरमा १७ जनाको मृत्युपछि ३ सय जना क्वारेन्टाइनमा

अज्ञात रोगबाट भारतको कश्मीरमा १७ जनाको मृत्युपछि ३ सय जना क्वारेन्टाइनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १४ गते सोमबार ०२:२८

ड्युटीमा रहेका अधिकारीहरूको अनुमति बिना प्रवेश गर्न निषेध गरिएको छ ।

काठमाडौं ।

भारत नियन्त्रित कश्मीरका स्थानीय सरकारी अधिकारीहरूले १७ जनाको अज्ञात कारणले मृत्यु भएको र ११ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको रिपोर्ट गरेपछि गाउँका करिव ३ सय जनालाई क्वारेन्टाइनमा राखेका छन् ।

अज्ञात कारणले रोग डिसेम्बर ७, २०२४ मा भारत नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगरबाट लगभग २४३ किलोमिटर दक्षिणमा रहेको राजौरी जिल्लाको बुधल गाउँमा शुरु भएको थियो ।

दुई दिनमा पाँच जना नयाँ केसहरू आएपछि स्थानीय प्रशासनले गाउँलाई कन्टेनमेन्ट क्षेत्र घोषणा गरेको थियो । प्रभावित परिवार र उनीहरूका विस्तारित आफन्तहरूलाई सरकारी सुविधाहरूमा स्थानान्तरण गर्ने निर्णय गरिएको थियो ।

मृत्यु भएका परिवारका घरहरू सिल गरिएको छ ।

ड्युटीमा रहेका अधिकारीहरूको अनुमति बिना प्रवेश गर्न निषेध गरिएको छ ।

प्रकाशित मिति २०८१ माघ १४ गते सोमबार ०२:२८

हजुरको प्रतिक्रिया