२०८३ साउन २१ गते बिहीबार

गण्डकी प्रदेशमा बुधबार मात्रै थपिए ३ सय ८ संक्रमित

गण्डकी प्रदेशमा बुधबार मात्रै थपिए ३ सय ८ संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १५ गते बुधबार ०४:३६

पाेखरा । गण्डकी प्रदेशमा बुधबार थप ३ सय ८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा कुल १ हजार १८ जनामा गरिएकाे पीसीआर परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...

कास्कीका १७३, गाेरखाका ४६ तथा स्याङ्जाका ४१ जना संक्रमित

पाेखरा । गण्डकी प्रदेशमा बुधबार थप ३ सय ८ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पछिल्लाे २४ घण्टामा कुल १ हजार १८ जनामा गरिएकाे पीसीआर परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

याे अवधीमा थप २ जनाले काेराेना भाइरसकाे संक्रमणपछि ज्यान गुमाएका छन् ।

याे अवधीमा थप भएका संक्रमितहरूमा कास्कीका मात्रै १ सय ७३ जना रहेका छन् । जस अनुसार पाेखरा महानगरपालिकाका १ सय ४९ जना, मादी गाउँपालिकाका २१ जना, माछापुच्छ्रे गाउँपालिकाका २ जना तथा रूपा गाउँपालिकाका १ जना रहेका छन् ।

बुधबार संक्रमित हुनेहरूमा कास्कीपछि सर्वाधिक धेरै गाेरखा र स्याङ्जाका रहेका छन् । निर्देशनालयका अनुसार बुधबार गाेरखाका ४६ जना तथा स्याङ्जाका ४१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

अन्य संक्रमितहरूमा नवलपरासी पूर्वका ७ जना, बाग्लुङका १७ जना, तनहुँका ७ जना, पर्वतका ५ जना, म्याग्दीका ११ जना तथा मुस्ताङका १ जना रहेका छन् ।

प्रकाशित मिति २०७८ वैशाख १५ गते बुधबार ०४:३६
हजुरको प्रतिक्रिया