२०८३ साउन २१ गते बिहीबार

गोरखा पालुङ्गटार–१ मा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आज देखि सुरु

गोरखा पालुङ्गटार–१ मा खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आज देखि सुरु

विराज त्रिपाठी

@Public 4K Tv

२०८१ माघ १५ गते मंगलबार ०५:४८

खोप्लाङ फुटबल क्लवको आयोजनामा भएको प्रतियोगिता यही माघ १९ गतेसम्म चल्ने छ ।

गोरखा ।

गोरखा पालुङ्गटार नगरपालिका–१, लुङ्गास्थित खोप्लाङ फुटबल क्लवको फुटबल मैदानमा आज देखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।

खोप्लाङ फुटबल क्लवको आयोजनामा राजु तथा सन्देश स्मृति दोस्रो खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो । नकआउटका आधारमा खेलाइने प्रतियोगितामा २६ टिमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष एगेन्द्र गुरुङ्गले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद १ लाख १० हजारका साथै मेडल, ट्रफि र प्रमाणपत्र, द्धितीय हुने टोलीले ७० हजार नगद पुरस्कारका साथै मेडल, ट्रफि र प्रमाणपत्र तथा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई विभिन्न पुरस्कार दिइनेछ ।

यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले ५ हजार, उत्कृष्ट रक्षक खेलाडीले ४ हजार, उत्कृष्ट गोल रक्षकले ४ हजार र उच्च गोलकर्ता खेलाडीले ४ हजार रुपैयाँ नगत पुरस्कार प्राप्त गर्नेछन् ।

पालुङ्गटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले प्रतियोगिताको उद्धघाटन गरेका हुन् । उनले खेलकुदले युवाहरुमा एकता कायम गर्नका साथै खेलकुदले स्वास्थ्यलाई फाइदा पुग्ने धारणा राखे ।

उनले मानिसको स्वास्थ्यलाई फाइदा हुनका लागि अस्पताल भन्दा खेलकुद मेदान धेरै बनाउन आवश्यक रहेको बताए । नगरप्रमुख चिन्तनले खेलमैदानमा पुर्वाधार विकासको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

खोप्लाङ फुटबल क्लवको आयोजनामा भएको प्रतियोगिता यही माघ १९ गतेसम्म चल्ने छ ।

प्रकाशित मिति २०८१ माघ १५ गते मंगलबार ०५:४८
हजुरको प्रतिक्रिया