२०८३ कात्तिक ११ गते मंगलबार

इजरायली कब्जाको जवाफ दिने हेज्बुल्लाहको चेतावनी

इजरायली कब्जाको जवाफ दिने हेज्बुल्लाहको चेतावनी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १६ गते बुधबार ०२:३५

प्रारम्भिक ६०–दिने युद्धविराम समाप्त भएपछि इजरायलसँग युद्धविराम विस्तार गर्न स्वीकृति दिएको घोषणा गरेको छ ।

काठमाडौं ।

हेज्बुल्लाहका नेता नैम कासेमले दक्षिणी लेबनानबाट इजरायलको फिर्ताको बारेमा समूहको अडानलाई पुनः पुष्टि गर्दै समयसीमा सकिएको र कुनैपनि बिस्तार नसहने चेतावनी दिएका छन् ।

कासेमले इजरायली उपस्थिति विरुद्ध लेबनानको एकतावद्ध प्रतिरोधलाई जोड दिए । राष्ट्रपति जोसेफ आउनले सेनालाई दक्षिणतर्फ मार्च गरिरहेका जनतासँगै उभिन निर्देशन दिएको उल्लेख गर्दै कब्जा लेबनानी सार्वभौमसत्ता विरुद्धको आक्रमण भएको बताए ।

यसको सामना गर्नु जनता, सेना, राज्य र प्रतिरोधको जिम्मेवारी भएको बताए । युद्धविराम सम्झौताको बारेमा कासेमले इजरायलले अमेरिकी मध्यस्थकर्ताहरूमार्फत वार्ता शुरु गरेको बताए ।

लेबनानको कामचलाउ सरकारले इजरायलीहरूले पूर्णरूपमा फिर्ता नगरी प्रारम्भिक ६०–दिने युद्धविराम समाप्त भएपछि इजरायलसँग युद्धविराम विस्तार गर्न स्वीकृति दिएको घोषणा गरेको छ ।

प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०२:३५

हजुरको प्रतिक्रिया