२०८३ साउन २१ गते बिहीबार

दक्षिण कोरियामा १७६ यात्रु सवार विमानमा आगलागी

दक्षिण कोरियामा १७६ यात्रु सवार विमानमा आगलागी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १६ गते बुधबार ०२:३७

अग्नि नियन्त्रण अधिकारीहरूले आगो पूर्ण रूपमा निभाइसकेको बताएका छन् ।

काठमाडौं ।

दक्षिण कोरियाको बुसानको गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलवार यात्रुवाहक विमानमा आगलागी भएको छ ।

आगलागीपछि यात्रु र चालक दलका सदस्यहरू विमान बाहिर निस्कन भागदौड मच्चिएको थियो । अग्नि नियन्त्रण अधिकारीहरूले सियोलबाट लगभग ३२० किलोमिटर दक्षिणपूर्वमा रहेको बुसानको विमानस्थलबाट चीनको हङकङका लागि उडेको एयर बुसानको विमान उडान भर्नुअघि पुच्छरमा आगो लागेको बताए ।

सवार सबै १६९ यात्रु र सात चालक दलका सदस्यहरूलाई सुरक्षित बाहिर निकालिएको थियो । तीन जना घाइते भएको बताइएको छ । योनहापले विमानको पुच्छरबाट आगो शुरु भएपछि जहाजको फ्युजलेजमा फैलिएको देखिएको बताएको छ ।

प्रकाशित मिति २०८१ माघ १६ गते बुधबार ०२:३७

हजुरको प्रतिक्रिया