मिटअपमा वर्डक्याम्प नेपाल २०२५ को तयारीबारे पहिलो हातबाट जानकारी प्राप्त गर्ने अवसर
पोखरा।
वर्डप्रेसमा रुचि राख्ने डेभलपर, डिजाइनर, ब्लगर, व्यवसायी तथा प्रविधि प्रेमीहरूलाई लक्षित गर्दै वर्ड क्याम्प पोखरा मिटअपको आयोजना हुने भएको छ ।
वर्डप्रेस पोखरा कम्युनिटीले पोखराको महेन्द्रपुलमा रहेको गण्डकी विश्वविद्यालयमा फेबु्रअरी १ अथार्त आज वर्डप्रेस पोखरा फेबु्रअरी मिटअपको आयोजना गर्न लागेको हो ।
मिटअपमा वर्डप्रेस प्लगिन डेभलपमेन्ट सम्बन्धी वर्कसप तथा वर्डक्याम्प नेपाल २०२५ को विषयमा छलफल हुने जनाइएको छ । साथै वर्डप्रेस कम्युनिनिटीको बारेमासमेत छलफल हुनेछ ।
वर्डप्रेसका अनुभवी वर्डप्रेस सोलुसन इन्जिनियर रेगन खड्गीले वर्डप्रेस प्लगिन डेभलपमेन्ट बारेमा प्रशिक्षण दिनेछन् । रेगन खड्गीले अनलाइन खबर तथा जर्मनीस्थित प्लान्टुराको लागि प्लगिन विकास गरिसकेका छन् ।
कार्यशालमा वर्डप्रेस प्लगिन डेभलपमेन्ट बेसिक स्ट्रक्चरदेखि पहिलोपटक कस्टम वर्डप्रेस प्लगिन बनाउने तरिकाहरुबारे सिकाइनेछ । साथै वर्डप्रेसको कार्यक्षमता विस्तार गर्ने महत्वपूर्ण तरिकाहरुबारे पनि प्रशिक्षण दिइनेछ।
वर्डप्रेस पोखरा मिटअपको दोश्रो सत्रमा WordCamp Nepal 2025 अपडेटू मा Rigorous Web & Aarambha Themes सस्थापक सुरेन्द्र श्रेष्ठले WordPress Community र कार्यक्रमबारे जानकारी दिनेछन् । साथै WordCamp Nepal 2025 को तयारी र आयोजनाबारे जानकारी दिइनेछ भने WordPress Coumminity मा योगदान गर्ने अवसरहरू प्रदान गरिनेछ । सुरेन्द्र श्रेष्ठ १५ वर्षभन्दा बढी अनुभव भएका वर्डप्रेस विशेषज्ञ हुन्। उनले WordCamp Kathmandu, WordCamp Asia जस्ता प्रतिष्ठित कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका खेलिसकेका छन् । साथै अहिले आयोजना हुदै गरेको WordCamp Nepal २०२५ मा Program Lead को रुपमा काम गर्दैछन् । वर्डप्रेसमा करिअर बनाउन चाहनेहरूका लागि वर्डप्रेस मिटअप महत्वपूर्ण अवसर हुने आयोजकको भनाइ छ।
प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०१:२८




