२०८३ साउन २१ गते बिहीबार

हमासले युद्धविराम आदान प्रदानमा ८ वन्धक रिहा

हमासले युद्धविराम आदान प्रदानमा ८ वन्धक रिहा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०२:२१

युद्धविराम अन्तर्गत ६० भन्दा बढी इजरायली बन्धकहरू र २९० प्यालेस्टिनी कैदीहरू आदानप्रदान गरिएको छ ।

काठमाडौं ।

हमासको नेतृत्वमा गाजामा रहेका प्यालेस्टिनी लडाकुहरूले बिहीबवार आठ बन्धकहरूलाई रिहा गरेका छन् ।

जसमा तीन इजरायली र पाँच थाई नागरिक छन् । वन्धकहरूलाई दुई समूहमा रिहा गरिएको हो । २० वर्षीया इजरायली सिपाही अगम बर्गरलाई पहिले रिहा गरिएको थियो । भिडियोमा उनलाई खाकी पोशाक लगाएको देखाइएको छ । दक्षिणी गाजाको खान युनिसमा हमासले थप दुई इजरायलीहरू – २९ वर्षीया अर्बेल याहुद र ८० वर्षीया गादी मोजेसलाई पाँच थाई कृषि कामदारहरू सहित रिहा गरेको छ ।

थाई बन्धकहरू जसलाई थेना पोङ्साक, साथियान सुवानाखम, श्रीआउन् वाचारा, सिथाओ बन्नावत र रुम्नाओ सुरासाक रहेका छन् । उनीहरूलाई बन्धक बनाइँदा दक्षिणी इजरायलमा काम गरिरहेका थिए ।

युद्धविराम अन्तर्गत ६० भन्दा बढी इजरायली बन्धकहरू र २९० प्यालेस्टिनी कैदीहरू आदानप्रदान गरिएको छ ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०२:२१

हजुरको प्रतिक्रिया