२०८३ कात्तिक ११ गते मंगलबार

सिरियाको सैन्य प्रशासनद्वारा अल–शारालाई अन्तरिम राष्ट्रपति नियुक्त, सशस्त्र गुटहरू विघटन

सिरियाको सैन्य प्रशासनद्वारा अल–शारालाई अन्तरिम राष्ट्रपति नियुक्त, सशस्त्र गुटहरू विघटन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १८ गते शुक्रबार ०२:३३

अन्तरिम विदेशमन्त्री असद हसन अल–शिबानीले अरब सहयोग र क्षेत्रीय तनाव कम गर्ने कुरामा केन्द्रित वाह्य देखिने विदेश नीतिमा जोड दिए ।

काठमाडौं ।

सिरियाको सैन्य सञ्चालन प्रशासनले संक्रमणकालीन अवधिमा अहमद अल–शारालाई राष्ट्रपति नियुक्त गर्ने घोषणा गरेको छ ।

अल–शारालाई अब स्थायी संविधान अनुमोदन नभएसम्म अन्तरिम व्यवस्थापिका परिषद् स्थापना गर्ने अधिकार हुनेछ । प्रवक्ता हसन अब्देल घानीले भने कि अल–शारा अन्तरिम राष्ट्रपतिको रूपमा काम गर्नेछन् । अन्तर्राष्ट्रिय मञ्चहरूमा सिरियाको प्रतिनिधित्व गर्नेछन् ।

उनले सबै सैन्य गुटहरू र क्रान्तिकारी राजनीतिक निकायहरूलाई राज्य संस्थाहरूमा एकीकरणको साथ तुरुन्तै विघटनको घोषणा पनि गरेका छन् । ४३ वर्षीय अल–शाराले २०१७ देखि एचटिएसको नेतृत्व गर्दै आएका छन्

। २०२४ मा असद शासनको पतन र सिरियाली संक्रमणकालीन सरकारको स्थापनामा प्रमुख भुमिका खेलेका थिए । अन्तरिम विदेशमन्त्री असद हसन अल–शिबानीले अरब सहयोग र क्षेत्रीय तनाव कम गर्ने कुरामा केन्द्रित वाह्य देखिने विदेश नीतिमा जोड दिए ।

प्रकाशित मिति २०८१ माघ १८ गते शुक्रबार ०२:३३

हजुरको प्रतिक्रिया