२०८३ साउन २१ गते बिहीबार

आईसियुमा उपचाररत सांसद शाहीकाे तेस्राे काेराेना रिपाेर्ट पाेजेटिभ

आईसियुमा उपचाररत सांसद शाहीकाे तेस्राे काेराेना रिपाेर्ट पाेजेटिभ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १६ गते बिहीबार ०८:४३

पाेखरा । स्वास्थ्य अवस्थामा अचानक समस्या आएकाे भन्दै आईसियुमा उपचारत गण्डकीका सांसद खीम विक्रम शाहीकाे काेराेना परिक्षणकाे दुइ फरक रिपाेर्टका कारण उब्जिएकाे शंका केहि हदसम्म निवारण भएकाे छ । शाहीकाे काेभिड परिक्षणकाे तेस्राे...

प्रदेशसभा बैठकमा अब के हुन्छ ?

पाेखरा । स्वास्थ्य अवस्थामा अचानक समस्या आएकाे भन्दै आईसियुमा उपचारत गण्डकीका सांसद खीम विक्रम शाहीकाे काेराेना परिक्षणकाे दुइ फरक रिपाेर्टका कारण उब्जिएकाे शंका केहि हदसम्म निवारण भएकाे छ ।

शाहीकाे काेभिड परिक्षणकाे तेस्राे रिपाेर्ट पाेजेटिभ आएका कारण यसअघिका विभिन्न शंका केहि हदसम्म निवारण भएकाे हाे । यद्यपी, एकै समयका दुइ रिपाेर्ट कसरी र किन फरक पर्याे भन्ने विषय अझै खाेजीकै विषय हाे ।

उनलाई बुधबार दिउँसो करिव १२ बजेतिर अचानक चक्कर लाग्ने, टाउको दुख्ने र शरीर दुख्ने अवस्था सिर्जना भएपछि पोखराको चरक मेमोरियल हस्पिटलको आईसियु वार्डमा उपचार भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको थियाे ।

सांसद शाहीको यसअघि आएका कोरोना रिपोर्ट दुई थरी छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले बैशाख १४ गते लिएको सांसद शाहीको स्वाबको रिपोर्टमा नेगेटिभ छ भने बुधबार अचानक विरामीका कारण हस्पिटल भर्ना भएपछि लाइफ केयर डाइनग्लोस्टीकमा लिएको रिपोर्टमा भने पोजेटिभ देखिएको छ ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा बुधबार मतदान हुने तय भएपनि स्वतन्त्र १ सहित पृथ्वीसुब्बाको विपक्षमा मतदान गर्ने बताएको राजमोका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि प्रदेशसभामा खैलाबैला मच्चिएको थियो ।

यस अघि अपराह्न साढे ४ बजे मतदान गर्ने कार्यसूची थियो । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिएको निवेदनका आधारमा सभामुख नेत्रराज अधिकारीले अनिश्चितकालका लागि बैठक स्थगित गरेको सूचना टाँस गराएका छन् ।

दुई सांसदको अनुपस्थितिसँगै अविश्वास प्रस्ताव पारित नहुने भएपछि कांग्रेस र माओवादीको इसारामा सभामुखले बैठक स्थगित गरेको एमालेको आरोप छ ।

प्रकाशित मिति २०७८ वैशाख १६ गते बिहीबार ०८:४३
हजुरको प्रतिक्रिया