२०८३ साउन २१ गते बिहीबार

शुक्रबारदेखि लकडाउनमा थप कडाइ ,कास्कीमा के छ त अवस्था ?

शुक्रबारदेखि लकडाउनमा थप कडाइ ,कास्कीमा के छ त अवस्था ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १७ गते शुक्रबार ०४:३०

निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको हो। यता कास्कीमा...

निषेधाज्ञा जारी भएका मुलुकका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन भएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको हो।

यता कास्कीमा भने जिल्ला बाहिरबाट भ्याली भित्रको हाइवे हुदै बाहिरिने सवारीसाधनलाई निर्वाध सञ्चालन हुन दिइएको छ भने भ्याली भित्र जोरविजोर प्रणाली लागु गरि अत्यावश्यक सवारी साधानहरु सञ्चालन अनुमति दिएको जिल्ला टाफिक प्रहरी कार्यलय कास्कीका प्रवक्ता पुर्ण बहादुर अधिकारीले बार्दली न्युजलाई जानकारी दिए । प्रवक्ता अधिकारीका अनुसार अत्यावश्यक काममा हिडेका नागरिकलाई अवरोध नगर्ने,अत्यावश्यक पसल तथा होटल रेष्टुरेन्टहरु सुरक्षा मापदण्ड पालना गरि आंशिक रुपमा सञ्चालन गर्न दिने गरिएको छ तर यति गर्दापनि महामारी फैलिएपछि थप सुरक्षाका कदम चालिने छ ।

बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो । केही जिल्लामा यसअघि नै निशेषको आदेश जारी भएपछि अधिकांश जिल्लामा बिहीबारदेखि आदेश कार्यान्वयनमा आएको छ ।

प्राप्त विवरणअनुसार मुलुकका १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश जारी गर्ने जिल्लामा बाँके, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान , सुर्खेत र सुनसरी छन् । यस्तै कालिकोट, बाग्लुङ र बर्दियामा आंशिक निषेधाज्ञा छ । यसरी आदेश भएको जिल्लाहरूमा अत्यावश्यक बाहेक अन्य गतिविधि गर्न पाइने छैन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा बिहीबारको आदेश उल्लङ्घन गर्ने दुई हजारी बढीलाई होल्ड गरेर चेतावनीका साथ अब ननिस्कने शर्तमा छाडिएको जानकारी दिएको छ । जिल्लाजिल्लामा यो क्रम जारी रहेको थियो । नेपाल प्रहरीले अन्य जघन्य आपराधिक गतिविधि बाहेकका गतिविधि नियन्त्रण कार्यक्रमलाई थाती राखेर सबै कोभिड–१९ सङ्क्रमण नियन्त्रण अभियानमा परिचालन गरेको जनाएको छ ।

प्रकाशित मिति २०७८ वैशाख १७ गते शुक्रबार ०४:३०
हजुरको प्रतिक्रिया