२०८३ साउन २१ गते बिहीबार

इजरायली हवाई आक्रमणबाट १० प्यालेस्टिनीको मृत्यु

इजरायली हवाई आक्रमणबाट १० प्यालेस्टिनीको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १९ गते शनिबार ०३:४९

अक्टोबर ७, २०२३ देखि पश्चिम किनारमा तनाव बढेको छ ।

काठमाडौं ।

प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरूले पश्चिम किनारको टुबासको दक्षिणपूर्वमा रहेको तम्मुन शहरमा इजरायली हवाई आक्रमणमा दस प्यालेस्टिनीको मृत्यु भएको बताएका छन् ।

धेरै घाइते भएका छन् । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले आक्रमणपछि दस जनाको शव र धेरै घाइतेहरूलाई टुबास सरकारी अस्पतालमा लगिएको बताएको छ ।

इजरायली सेनाले पश्चिम किनारमा सशस्त्र आतंककारी कार्यकर्ताहरूको एक सेललाई लक्षित गरेको बताएको छ ।

अक्टोबर ७, २०२३ देखि पश्चिम किनारमा तनाव बढेको छ ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयकाअनुसार त्यसबेलादेखि पश्चिम किनार र पूर्वी जेरुसेलममा ८ सय भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार ०३:४९

हजुरको प्रतिक्रिया