२०८३ साउन २१ गते बिहीबार

भारतमा महाकुम्भ मेलाबाट फर्किँदै गरेकाे स्कर्पियाे दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना गम्भीर

भारतमा महाकुम्भ मेलाबाट फर्किँदै गरेकाे स्कर्पियाे दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ जना गम्भीर

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ १९ गते शनिबार १०:०१

काठमाडौं । बिहारको मुजफ्फरपुरमा महाकुम्भ मेलाबाट फर्किंदै गरेको नेपाली चढेको स्कोर्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । महाकुम्भ मेलाबाट फर्किंदै गरेको साे स्कोर्पियो अनियन्त्रित भएर पल्टिँदा...

काठमाडौं । बिहारको मुजफ्फरपुरमा महाकुम्भ मेलाबाट फर्किंदै गरेको नेपाली चढेको स्कोर्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।

महाकुम्भ मेलाबाट फर्किंदै गरेको साे स्कोर्पियो अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

मृतकमध्ये तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुरको पहिचान खुलेको छ । मृतकमध्ये गाडीचालक शम्भु सिरहा र अन्य महोत्तरीका हुन् ।

घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । तीव्र गतिमा रहेको स्कार्पियो फोरलेन सडकमा मोटरसाइकललाई बचाउने क्रममा दुर्घटना भएको लाइभहिन्दुस्थान डटकमले जनाएको छ ।

सडकमा बाइक स्टन्ट गरिरहेका युवकहरूलाई जोगाउन खोज्दा गाडी डिभाइडरमा ठोक्किएर पल्टिएको थियो ।

स्कोर्पियो गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दुर्घटनाको समयमा गाडीको एयरब्याग नखुलेका कारण क्षति भएको बताइएको छ । गाडीमा रहेका सबै महाकुम्भमा स्नान गरेर घर फर्किंदै थिए ।

प्रकाशित मिति २०८१ माघ १९ गते शनिबार १०:०१
हजुरको प्रतिक्रिया