२०८३ साउन २१ गते बिहीबार

तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते

तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २१ गते सोमबार १२:५६

तनहुँ । तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८...

तनहुँ ।

तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते क्षेत्रीको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री सामान्य घाइते छन् । उनी मृतकका छोरा हुन् ।

यसैगरी, टिपरको ठक्करबाट धादिङको निलकण्ठ नगरपालिका २ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङ पनि घाइते भएका छन् । कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेलको दायाँ हातमा सामान्य चोट लागेको छ । प्रहरीका अनुसार उनलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

टिपर चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार १२:५६
हजुरको प्रतिक्रिया