२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा मंगलबार सार्वजनिक बिदा

गण्डकीमा मंगलबार सार्वजनिक बिदा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २१ गते सोमबार ०१:१६

पाेखरा । गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ । यसको निर्णयका लागि सोमबार बिहान १० बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने...

पाेखरा ।

गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ । यसको निर्णयका लागि सोमबार बिहान १० बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतित्थ्यतामा माघ २२ गते ११ बजे प्रदेश सभा सचिवालय परिसरमा कार्यक्रम गरिने भएको छ ।

२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।

२०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइको थियो । २०७८ बाट त उक्त दिनमा प्रदेशभर सार्वजनिक बिदा दिन थालिएको थियो ।

 

प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०१:१६
हजुरको प्रतिक्रिया