२०८३ साउन २१ गते बिहीबार

इजरायलद्वारा हमाससँगको पछिल्लो आदानप्रदानमा १८३ प्यालेस्टिनी कैदी रिहा

इजरायलद्वारा हमाससँगको पछिल्लो आदानप्रदानमा १८३ प्यालेस्टिनी कैदी रिहा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २१ गते सोमबार ०२:३०

प्यालेस्टिनी मुक्ति संगठनको कैदी मामिला आयोगले रिहा गरिएका १८३ मध्ये सात कैदीहरूलाई देश निकाला गरिनेछ ।

काठमाडौं ।

प्यालेस्टिनी स्रोतहरूकाअनुसार हमाससँग जारी युद्धविराम सम्झौता अन्तर्गत चौथो वन्धक आदानप्रदानमा इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ ।

प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह जाघारीले इजरायली अधिकारीहरूले रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई हस्तान्तरण गरेका छन् ।

मुक्त गरिएका कैदीहरूमध्ये १५० गाजा पट्टीका, ३२ वेस्ट बैंकका र बाँकी एक, जसको इजिप्टको नागरिकता छ । पश्चिम बैंकका कैदीहरूलाई रामल्लाह नजिकैको ओफर जेलबाट रिहा गरिएको थियो ।

जबकि दक्षिणी इजरायलको केट्जियोट जेलबाट रिहा गरिएका गाजाका कैदीहरूलाई इजरायली–नियन्त्रित केरेम शालोम क्रसिङ हुँदै दक्षिणी गाजामा लगिनेछ ।

प्यालेस्टिनी मुक्ति संगठनको कैदी मामिला आयोगले रिहा गरिएका १८३ मध्ये सात कैदीहरूलाई देश निकाला गरिनेछ ।

प्रकाशित मिति २०८१ माघ २१ गते सोमबार ०२:३०

हजुरको प्रतिक्रिया