२०८३ साउन २१ गते बिहीबार

पोखरा–२१ कोभिडः सहयोग समिति संयोजकमा गिरी

पोखरा–२१ कोभिडः सहयोग समिति संयोजकमा गिरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १९ गते आइतबार ०९:१०

पोखरा महानगरपालिका–२१ मा वडास्तरीय सहयोग उपसमिति गठन भएको छ । कोभिडको वेला सहयोग संकलन गर्ने उदेश्यले आइतबार बसेको सर्वदलीय बैठकले संयोजक अर्जुन गिरीको सयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिको सदस्यमा कृष्ण बहादुर...

पोखरा महानगरपालिका–२१ मा वडास्तरीय सहयोग उपसमिति गठन भएको छ । कोभिडको वेला सहयोग संकलन गर्ने उदेश्यले आइतबार बसेको सर्वदलीय बैठकले संयोजक अर्जुन गिरीको सयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यमा कृष्ण बहादुर थापा, केवल गिरी, खेमबहादुर ठकुरी र सीता देवी विक चयन भएका छन् । गठित उपसमितिले स्वास्थ्य महामारीका लागि आर्थिक तथा जिन्सी सहयोग संकलन तथा सहयोग गर्ने वडा नम्बर २१का वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । गठन भएकै दिन वडा अध्यक्ष खगराजले नगद १० हजार संयोजक गिरीलाई हस्तान्तरण गरे ।

समिति संयोजक गिरीले स्थानीय स्तरदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट सहयोग संकलन गरिने जानकारी दिए । उनले वडा नम्बर २१ मा कोभिड १९ रोकथाम र उपचारका लागि सबैभन्दा प्रभावकारी काम गर्नुपर्ने चुनौती आफूहरु सामु रहेको पनि बताए ।

प्रकाशित मिति २०७८ वैशाख १९ गते आइतबार ०९:१०
हजुरको प्रतिक्रिया