२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा याे साता थप २१ काे ज्यान गयाे, १ हजार ४ सय ८४ जना संक्रमित थपिए

गण्डकीमा याे साता थप २१ काे ज्यान गयाे, १ हजार ४ सय ८४ जना संक्रमित थपिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख १९ गते आइतबार १०:५२

पाेखरा । गण्डकी प्रदेशमा पछिल्लाे साता मात्रै १ हजार ४ सय ८४ जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् । प्रदेशभर कुल ३ हजार ८ सय ८३ जनामा गरिएकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले...

प्रदेशमा सवैभन्दा धेरे प्रभावित बन्याे कास्की

पाेखरा । गण्डकी प्रदेशमा पछिल्लाे साता मात्रै १ हजार ४ सय ८४ जना काेराेनाका नयाँ संक्रमित थपिएका छन् । प्रदेशभर कुल ३ हजार ८ सय ८३ जनामा गरिएकाे परिक्षणबाट साे संख्याका संक्रमित भेटिएकाे गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

साे अवधीमा ३ सय जना निकाे भएका छन् भने २१ जनाले ज्यान गुमाएका छन् ।

यस्तै, प्रदेशभर हालसम्म कुल १ लाख ४५ हजार ६ सय ७९ जनाकाे काेभिड परिक्षण भएकाे छ भने साे संख्याकाे परिक्षणले हालसम्म कुल १९ हजार २ सय २१ जनामा काेराेना पाेजेटिभ देखाएकाे छ । प्रदेशभर निकाे हुनेकाे संख्या १६ हजार ९ सय ४६ छ भने प्रदेशभर हाल २ हजार ४३ सक्रिय संक्रमित रहेकाे निर्देशनालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

काेराेना भाइरसकाे संक्रमणकै कारण प्रदेशभर हालसम्म २ सय ३२ जनाले ज्यान गुमाइसकेका छन् ।

यता गण्डकी प्रदेशमा सवैभन्दा धेरै प्रभावित जिल्ला कास्की देखिएकाे छ । कास्कीमा अहिलेपनि १ हजार ३ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् । काेभिडकै कारण कास्कीका १ सय ३० जनाले ज्यान गुमाइसकेका छन् ।

कास्कीपछि स्याङ्जामा धेरै सक्रिय संक्रमित रहेकाे निर्देशनालयले उल्लेख गरेकाे छ । स्याङ्जामा अहिलेपनि १ सय ८७ जना सक्रिय संक्रमित छन् । अन्य जिल्लाहरूमा बाग्लुङमा १ सय ३८ जना, नवलपरासी पूर्वमा ९९ जना,  गाेरखामा ९४ जना, म्याग्दीमा ७१ जना, तनहुँमा ६९ जना, पर्वतमा ३७ जना, लमजुङमा १६ जना, मुस्ताङमा १३ जना तथा मनाङमा ४ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रदेशभर काेराेना संक्रमितकाे दर बढेसंगै लकडाउनमा थप कडाइ गरिएकाे छ ।

प्रकाशित मिति २०७८ वैशाख १९ गते आइतबार १०:५२
हजुरको प्रतिक्रिया