२०८३ साउन २१ गते बिहीबार

अमेरिकामा गत हप्ताको हेलिकप्टर–विमान दुर्घटनामा मृत्यु भएका सबैको शव फेला

अमेरिकामा गत हप्ताको हेलिकप्टर–विमान दुर्घटनामा मृत्यु भएका सबैको शव फेला

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २४ गते बिहीबार ११:२३

६४ जना यात्रु बोकेको जेट गत बुधबार राति रोनाल्ड रेगन वाशिंगटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो ।

एजेन्सी ।

गत हप्ता वाशिंगटन डि.सी.मा भएको हेलिकप्टर र यात्रुवाहक विमान ठोक्किँदा मृत्यु भएका सबै ६७ जनाकै शव उद्धार टोलीले निकालेको छ ।

६६ जनाको शवको पहिचान भएको अमेरिकी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

युनिफाइड कमाण्डले यसका कर्मचारीहरूले अझै पनि पोटोम्याक नदीबाट विमानका ठूला टुक्राहरूसहित भग्नावशेषहरू हटाउन काम गरिरहेका छन् ।

ब्ल्याक हक हेलिकप्टरबाट भग्नावशेषहरू निकाल्ने काम शुरु भएको छ ।

६४ जना यात्रु बोकेको जेट गत बुधबार राति रोनाल्ड रेगन वाशिंगटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सेनाको हेलिकप्टरसँग ठोक्किएको थियो ।

यो घटना सन् १९८२ पछि वाशिंगटन डी.सी.मा भएको सबैभन्दा घातक हवाई दुर्घटना हो ।

अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्डको नेतृत्वमा दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति २०८१ माघ २४ गते बिहीबार ११:२३
हजुरको प्रतिक्रिया