२०८३ साउन २१ गते बिहीबार

गाजा कब्जा गर्ने अमेरिकी प्रश्तावपछि ट्रम्पको निन्दा

गाजा कब्जा गर्ने अमेरिकी प्रश्तावपछि ट्रम्पको निन्दा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २५ गते शुक्रबार ०२:२९

उनले आफ्नो भूमिमा आफनो उपस्थिति विदेशबाट आउने कुनैपनि निर्णयको अधिनमा नरहेको बताए ।

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले गाजा नियन्त्रण लिन र प्यालेस्टिनीहरूलाई स्थानान्तरण गर्नसक्ने सुझाव दिएपछि कब्जा गरिएका प्यालेस्टिनी क्षेत्रहरूमा व्यापक निन्दा भएको छ ।

बासिन्दा र नेताहरूले आफ्नो मातृभूमिबाट कुनैपनि विस्थापनको प्रतिरोध गर्ने प्रतिवद्धता गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगै बोल्दै ट्रम्पले अमेरिकाले गाजा पट्टीको नियन्त्रण लिने र यसलाई पुनर्विकास गर्ने बताएका थिए । यद्यपि उनले प्यालेस्टिनीहरूलाई कसरी पुनस्र्थापित गर्न सकिन्छ भन्ने बारेमा कुनै विवरण दिएनन् ।

उनले आफ्नो भूमिमा आफनो उपस्थिति विदेशबाट आउने कुनैपनि निर्णयको अधिनमा नरहेको बताए । प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासले ट्रम्पको टिप्पणीलाई अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भनेर अस्वीकार गरे ।

प्रकाशित मिति २०८१ माघ २५ गते शुक्रबार ०२:२९

हजुरको प्रतिक्रिया