२०८३ साउन २१ गते बिहीबार

म्यानमारमा वायु प्रदुषणका कारण विद्युत आपूर्ति बन्द

म्यानमारमा वायु प्रदुषणका कारण विद्युत आपूर्ति बन्द

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २५ गते शुक्रबार ०२:५८

सवारी साधनको उत्सर्जन, फोहोर जलाउने र डढेलोबाट हुने वायु प्रदुषण बढ्दो चिन्ताको विषय बनेको उनले उल्लेख गरे ।

काठमाडौं ।

म्यानमारको याङ्गुनमा उच्च वायु प्रदुषण भइरहेको छ ।

वायु गुणस्तर ५० देखि २०० वायु गुणस्तर सूचकांक(एक्युआई) बीच फरक छ । मौसम विज्ञान र जल विज्ञान विभागका निर्देशक उ ह्ला तुनले २०० सम्म पुग्ने स्तरलाई अस्वास्थ्यकर मानिएको बताए ।

यातायातको अत्यधिक प्रयोगका कारण बिहान र साँझ प्रदुषणको स्तर बढ्दै गएको उनले बताए ।

सवारी साधनको उत्सर्जन, फोहोर जलाउने र डढेलोबाट हुने वायु प्रदुषण बढ्दो चिन्ताको विषय बनेको उनले उल्लेख गरे । साथै याङ्गुनमा बारम्बार विद्युत आपूर्ति बन्द हुँदा उद्योगहरूलाई जेनेरेटरमा भर पर्न बाध्य भएको छ ।

जसले गर्दा वायु प्रदूषण अझ बढेको उनले जिकिर गरे । वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरू लाग्ने र विशेष गरी वृद्धवृद्धा, बालबालिका र क्षयरोग भएका व्यक्तिहरूलाई समस्या भएको उनको भनाइ छ ।

प्रकाशित मिति २०८१ माघ २५ गते शुक्रबार ०२:५८

हजुरको प्रतिक्रिया