पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप २ सय ३ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमा बाग्लुङ जिल्लामा सबैभन्दा बढी ७१ जना रहेकाछन् । त्यस्तै कास्कीको पोखरामा ४६ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार अन्य नयाँ संक्रमितमा नवलपरासी पूर्वका ३९ जना, गोरखामा २१ जना, स्याङजाका १४ जना , पर्वतका ५ जना, मनाङका ३ जना सहित लमजुङ र तनहुँका २ , २ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या १९ हजार ४ सय २४ पुगेका छ । त्यस्तै गएको २४ घण्टामा प्रदेशभर ६३ जना संक्रमण मुक्त भएकाछन् । हालसम्म प्रदेशमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १७ हजार ९ रहेको छ । हाल प्रदेशभर २१ सय ८३ जना कोरोनाका सक्रिय केस छन् ।
सोमबार प्रदेशमा मृतको संख्या शुन्य रहेको छ । हालसम्म गण्डकी प्रदेशमा कोरोनाका कारण २ सय ३२ जनाको ज्यान गएको तत्थ्याकंमा उल्लेख गरिएको छ । त्यसैगरि पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ४४८ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३७ जनाको मृत्यु भएको छ ।
यो मृत्युदर हालसम्मकै उच्च मृत्यु संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ । मुलुकभर आजसम्म कुल कोरोना संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।
प्रकाशित मिति २०७८ वैशाख २० गते सोमबार ०९:४१




