२०८३ साउन २१ गते बिहीबार

पूर्व सरकारी सेना र लागुपदार्थ तस्करहरू विरुद्ध सिरियाली सेनाको आक्रमण जारी

पूर्व सरकारी सेना र लागुपदार्थ तस्करहरू विरुद्ध सिरियाली सेनाको आक्रमण जारी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २६ गते शनिबार ०२:२९

कार्यालयकाअनुसार सिरियाली अधिकारीहरूले हालसम्म तस्करीको आशंकामा धेरै व्यक्तिहरूलाई हिरासतमा लिएका छन् ।

काठमाडौं ।

सिरियाको अन्तरिम रक्षा मन्त्रालयले सेनाले सिरियाली–लेबनानी सीमामा अपदस्थ बशर अल–असद सरकारका अवशेषहरू र लागुपदार्थ तस्करहरू विरुद्ध कारबाही जारी राखेको बताएको छ ।

युद्ध अनुगमन गर्ने सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सकाअनुसार लेबनानी सशस्त्र समूह हिज्बुल्लाह र लागुपदार्थ कार्टेलसँग सम्बन्धित लडाकुहरूलाई हटाउन सेनाले भारी हतियार र ड्रोनहरू पनि तैनाथ गरेको छ ।

सेनाद्वारा होम्सको मध्य प्रान्तको हाविक गाउँमा लडाकुहरूको स्थानहरूलाई तोपखानाले लक्षित गरिएको थियो । जसको परिणामस्वरूप दुवै पक्षका लडाकुहरूको हताहत भएको र पक्राउ परेको बताइएको छ । आक्रमण धेरै सीमावर्ती गाउँहरू र दुर्गम क्षेत्रहरूमा फैलिएको थियो ।

आक्रमणमा एक जनाको मृत्यु भएको थियो । कार्यालयकाअनुसार सिरियाली अधिकारीहरूले हालसम्म तस्करीको आशंकामा धेरै व्यक्तिहरूलाई हिरासतमा लिएका छन् । हतियार र तस्करी गरिएका सामानहरूको भण्डार जफत गरेका छन् ।

प्रकाशित मिति २०८१ माघ २६ गते शनिबार ०२:२९

हजुरको प्रतिक्रिया