काठमाडौं ।
इरानका राष्ट्रपति मसूद पेजेश्कियानले इरानले कहिल्यै आणविक हतियार विकास गर्न नखोजेको बताएका छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार इरानको १९७९ को इस्लामिक क्रान्तिको विजयको ४६ औं वार्षिकोत्सवको अवसरमा तेहरानमा आयोजित एक समारोहमा उनले उक्त टिप्पणी गरेका हुन् ।
इरानको राजधानीमा भएको उक्त समारोहमा विदेशी राजदुतहरू र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू उपस्थित थिए । इरानले आणविक हतियार विकास गर्ने इरादा नराखेको भनेर प्रमाणित गर्नु कुनैपनि गाह्रो नभएको बताए । इरानले जुलाई २०१५ मा विश्व शक्तिहरूसँग संयुक्त व्यापक कार्य योजना भनेर चिनिने आणविक सम्झौतामा हस्ताक्षर गरेको थियो ।
यद्यपि संयुक्त राज्य अमेरिका मे २०१८ मा सम्झौताबाट पछि हट्यो र प्रतिबन्धहरू पुनस्र्थापित ग¥यो । जसले गर्दा इरानले आफ्ना केही आणविक प्रतिवद्धताहरू फिर्ता लिन बाध्य भयो ।
जेसिपिओएलाई पुनर्जीवित गर्ने प्रयासहरू अप्रिल २०२१ मा अस्ट्रियाको भियनामा शुरु भयो । धेरै चरणका वार्ताहरूको बावजुद अगस्ट २०२२ मा भएको अन्तिम वार्ता पछि कुनै ठोस प्रगति रिपोर्ट गरिएको छैन ।
प्रकाशित मिति २०८१ माघ २६ गते शनिबार ०२:३४




