२०८३ असोज २३ गते शुक्रबार

सुनको मूल्‍य घट्यो

सुनको मूल्‍य घट्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २२ गते बुधबार १२:०८

सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबारका लागि महासंघले तेजावी सुनको...

सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले घटेको छ । मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य बुधबार ९० हजार तीन सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबारका लागि महासंघले तेजावी सुनको प्रतितोला मूल्‍य ८९ हजार ८ सय रुपैयाँ तोकेको छ । मंगलबार भने तेजाबी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको प्रतितोल मूल्‍यमा पनि पाँच रुपैयाँले गिरावट आएको छ । मंगलबार प्रतितोला १ हजार तीन सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्‍य बुधबार एक हजार तीन सय २० रुपैयाँ तोकेको छ ।

देशका प्रमुख शहरहरुमा सुरु भएको निषेधाज्ञाका कारण सुनको कारोबार भने शूनय जस्तै रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति २०७८ वैशाख २२ गते बुधबार १२:०८
हजुरको प्रतिक्रिया