२०८३ साउन २१ गते बिहीबार

इजरायल र हमासद्वारा गाजा युद्धविराम सम्झौताअन्तर्गत पाँचौं कैदी–वन्धक आदानप्रदान

इजरायल र हमासद्वारा गाजा युद्धविराम सम्झौताअन्तर्गत पाँचौं कैदी–वन्धक आदानप्रदान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार ०१:३९

अघिल्ला चार बन्दी–वन्धक आदानप्रदानमा, गाजाबाट १८ जना वन्धक र इजरायली जेलबाट लगभग ६ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको छ ।

काठमाडौं ।

इजरायली र प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायल र हमासले शनिवार जारी गाजा युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत पाँचौं कैदी–वन्धक आदानप्रदान पूरा गरेका छन् । हमासद्वारा पहिले राखिएका तीन इजरायली वन्धकहरूलाई शनिवार मध्य गाजाबाट इजरायल रक्षा बल र इजरायल सुरक्षा एजेन्सीमा स्थानान्तरण गरिएको थियो ।

अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका तीन इजरायली बन्धकहरूमा ५६ वर्षीय ओहाद बेन अमी, दोहोरो इजरायली–जर्मन नागरिक; ५२ वर्षीय एली शाराबी; र ३४ वर्षीय ओर लेवी छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले सुरक्षा निकायहरूसँगको सहकार्यमा सरकारले रिहा गरिएका वन्धकहरू र उनीहरूका परिवारहरूलाई सहयोग गर्ने बताएको छ ।

आदानप्रदानको एक भागको रूपमा इजरायलले शनिवार सहमतिअनुसार इजरायली जेलबाट १८३ प्यालेस्टिनी कैदीहरूलाई पनि मुक्त गरेको छ । प्यालेस्टिनी कैदी क्लवका प्रमुख अब्दुल्लाह अल–जाघारीले आईसीआरसीको बसहरूबाट ढुवानी गरिएका रिहा गरिएका कैदीहरू रामल्लाह आइपुगेको बताए ।

मुक्त गरिएका कैदीहरूमध्ये ४२ जना वेस्ट बैंकका, तीन जना जेलसेलमका र २७ जना गाजा पट्टीका थिए । सबैले आजीवन कारावास वा लामो अवधिको कारावास भोगिरहेका थिए । यसका साथै हमासको २०२३ को अचानक आक्रमणपछि गाजा पट्टीमा १११ कैदीहरूलाई पक्राउ गरिएको थुनुवा मामिला आयोगले बताएको छ ।

जनवरी १९ देखि लागू हुनेगरी संयुक्त राज्य अमेरिकाको सहयोगमा इजिप्ट र कतारले मध्यस्थता गरेको इजरायल र हमास बीचको युद्धविराम सम्झौताको पहिलो, ४२–दिने चरणमा, हमासले ३३ बन्धकहरूलाई रिहा गर्ने प्रावधान राखिएको छ भने इजरायलले सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ ।

अघिल्ला चार बन्दी–वन्धक आदानप्रदानमा, गाजाबाट १८ जना वन्धक र इजरायली जेलबाट लगभग ६ सय प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिएको छ । गत महिना टाइम्स अफ इजरायलको एक रिपोर्टअनुसार इजरायलले सबैभन्दा गम्भीर अपराधमा दोषी ठहरिएका प्यालेस्टिनीहरूलाई गाजा पट्टी वा वेस्ट बैंकमा रिहा नगर्न माग गरेको थियो ।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०१:३९

हजुरको प्रतिक्रिया