२०८३ साउन २१ गते बिहीबार

भारतको केन्द्रिय बैंकले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो

भारतको केन्द्रिय बैंकले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २७ गते आइतबार ०१:४४

रेपो दर भनेको कोषको अभाव भएको अवस्थामा केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई पैसा दिने दर हो ।

काठमाडौं ।

भारतको केन्द्रिय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) ले शुक्रवार रेपो दर २५ आधार बिन्दुले घटाएर ६.२५ प्रतिशतमा पु¥याएको घोषणा गरेको छ ।

रेपो दर भनेको कोषको अभाव भएको अवस्थामा केन्द्रिय बैंकले वाणिज्य बैंकहरूलाई पैसा दिने दर हो ।

अर्थतन्त्रलाई बढावा दिन यो कदम चालिएको हो ।

आरबीआई मौद्रिक नीति समितिले अन्तिम पटक मे २०२० मा रेपो दर घटाएको थियो र पछिल्ला ११ नीतिगत बैठकहरूमा यसलाई अपरिवर्तित राखेको थियो ।

प्रकाशित मिति २०८१ माघ २७ गते आइतबार ०१:४४
हजुरको प्रतिक्रिया