२०८३ साउन २१ गते बिहीबार

पन्युले डामेर विद्यार्थी घाइते बनाउने शिक्षिका पक्राउ

पन्युले डामेर विद्यार्थी घाइते बनाउने शिक्षिका पक्राउ

अस्मिता खनाल

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०८:५४

श्रेष्ठले मंगलबार हल्ला गरेको निहुँमा कक्षा ४ मा अध्यनरत १० बर्षीय प्रमिस परियारसहित चार जना विद्यार्थीको गालामा तातो पन्युले डामेर सजाय दिएकी थिईन् ।

तनहुँ ।

विद्यार्थीको गालामा तातो पन्युले डामेर यातना दिने शिक्षिकालाई प्रहरीले पक्राउ गरेको छ ।

तनहुँको भिमाद नगरपालिका–६ मा रहेको प्रभात एकेडेमीकी शिक्षिका सुष्मा श्रेष्ठले विद्यार्थीलाई तातो पन्यूले डामेर यातना दिएकी थिइन् ।

पीडक श्रेष्ठलाई पक्राउ गरि बालबालिका विरूद्दको कसुरको मुद्दामा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । प्रभात ऐकेडेमीकी सञ्चालक समेत रहेकी शिक्षिका

श्रेष्ठले मंगलबार हल्ला गरेको निहुँमा कक्षा ४ मा अध्यनरत १० बर्षीय प्रमिस परियारसहित चार जना विद्यार्थीको गालामा तातो पन्युले डामेर सजाय दिएकी थिईन् ।

स्थानीयले बुधबार दिउँसो भिमाद नगरपालिकाको कार्यालय परिसरमा दोषीलाई कडा कार्वाहिको माग गर्दै आन्दोलन गरेका थिए ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०८:५४
हजुरको प्रतिक्रिया