२०८३ कात्तिक ११ गते मंगलबार

कन्स्टेन्टाइन टासोउलास ग्रिकको नयाँ राष्ट्रपतिमा निर्वाचित

कन्स्टेन्टाइन टासोउलास ग्रिकको नयाँ राष्ट्रपतिमा निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०२:२२

एनडी पार्टीका अनुभवी राजनीतिज्ञ तासौलासले २०१४ मा संस्कृति तथा खेलकुद मन्त्रीको रूपमा सेवा गरेका थिए ।

काठमाडौं ।

ग्रीक संसदका पूर्व सभामुख कन्स्टेन्टाइन टासोउलास बुधवार देशको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

सत्तारुढ रूढिवादी न्यू डेमोक्रेसी (एनडी) पार्टीका उम्मेदवार टासोउलासले चौथो चरणको मतदानमा १६० मत प्राप्त गरे ।

जुन अघिल्लो चरणहरूमा जस्तै थियो । अन्य तीन उम्मेदवारहरूले प्रत्येकले ५० भन्दा कम मत प्राप्त गरेका छन् । बुधवारको मतदानमा संसदका कुल २७६ सदस्यहरूले भाग लिए ।

ग्रिक संविधान अन्तर्गत चौथो चरणमा राष्ट्रपति पद जित्नको लागि उम्मेदवारलाई ३०० सदस्यीय सभामा कम्तिमा १५१ मत चाहिन्छ । जुन तेस्रो चरणमा १८० मतबाट घटाइएको थियो ।

विगत तीन हप्तामा आयोजित पहिलो दुई चरणमा २०० मत थियो । एनडी पार्टीका अनुभवी राजनीतिज्ञ तासौलासले २०१४ मा संस्कृति तथा खेलकुद मन्त्रीको रूपमा सेवा गरेका थिए ।

२०१९ देखि तीन पटक ठूलो बहुमतले ग्रिक संसदको सभामुख निर्वाचित भएका थिए ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०२:२२

हजुरको प्रतिक्रिया