२०८३ साउन २१ गते बिहीबार

अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल

अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०२:३०

पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोसल डेमोक्रेटिक पार्टी २१.१ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो ।

काठमाडौं ।

अति दक्षिणपन्थी फ्रिडम पार्टी र कन्जरभेटिभ पिपुल्स पार्टीबीचको वार्ता विफल भएपछि अस्ट्रियामा गठबन्धन सरकार गठन गर्ने प्रयास असफल भएको छ ।

फ्रिडम पार्टी जनवरीदेखि नै पिपुल्स पार्टीसँग वार्तामा थियो । जसले अस्ट्रियामा अति दक्षिणपन्थीको नेतृत्वमा रहेको पहिलो सरकार स्थापना गर्ने लक्ष्य राखेको थियो ।

गत सेप्टेम्बरमा भएको अस्ट्रियाली संसदीय चुनावमा फ्रिडम पार्टी लगभग २९ प्रतिशत मतसहित अग्रणी पार्टीको रूपमा देखा प¥यो ।

त्यसपछि पिपुल्स पार्टीले २६.३ प्रतिशत र सोसल डेमोक्रेटिक पार्टी २१.१ प्रतिशत मतसहित दोस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०२:३०

हजुरको प्रतिक्रिया