२०८३ साउन २१ गते बिहीबार

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि अमेरिकामा

भारतीय प्रधानमन्त्री मोदी दुई दिने भ्रमणका लागि अमेरिकामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन १ गते बिहीबार ०३:५९

अस्ति पेरिसमा भएको एआई समिट २०२५ मा सहभागी हुन फ्रान्स जानुभएका मोदी त्यहाँको भ्रमण सकेर अमेरिकाको दुई दिने भ्रमणमा निस्किेका थिए ।

काठमाडौं ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको वाशिङ्टन डीसी पुगेका छन् । उनले अमेरिकी राष्ट्रपतिको अतिथि भवनमा राखिएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्रीको स्वागत गर्न भारतीय मूलका धेरै मानिस त्यहाँ पुगेका छन् । मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भोलि भेट्ने कार्यक्रम छ ।

भेटघाटपछि द्विपक्षीय वार्ता, पत्रकार सम्मेलन र रात्रि भोजको कार्यक्रम रहेको खबरमा उल्लेख छ ।

अस्ति पेरिसमा भएको एआई समिट २०२५ मा सहभागी हुन फ्रान्स जानुभएका मोदी त्यहाँको भ्रमण सकेर अमेरिकाको दुई दिने भ्रमणमा निस्किेका थिए ।

भ्रमणका क्रममा राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच भारतले अमेरिकी निर्मित सुरक्षा उपकरणको खरिद बढाउने र निष्पक्ष द्विपक्षीय व्यापारिक सम्बन्धतर्फ अघि बढ्नेबारे छलफल हुने खबरमा उल्लेख छ ।

यसअघि गएको जनवरी २७ मा दुई नेताबीच भएको टेलिफोन वार्तामा दुवै नेताले अमेरिका–भारत रणनीतिक साझेदारी र इन्डो–प्यासिफिक क्वाड साझेदारीलाई अगाडि बढाउन आफ्नो प्रतिबद्धतालाई जोड दिएका थिए ।

प्रकाशित मिति २०८१ फागुन १ गते बिहीबार ०३:५९

हजुरको प्रतिक्रिया