२०८३ साउन २१ गते बिहीबार

गण्डकीमा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकीमा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २३ गते बिहीबार ०७:३२

गण्डकी प्रदेशमा विहिबार थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदविन्दु शर्माका अनुसार बिहीबार गण्डकीमाकुल ९ सय ७४ स्वाब परीक्षण गर्दा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै...

गण्डकी प्रदेशमा विहिबार थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोदविन्दु शर्माका अनुसार बिहीबार गण्डकीमाकुल ९ सय ७४ स्वाब परीक्षण गर्दा थप ४ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या २० हजार ८६० छ ।

बिहीबार गण्डकीमा भेटिएका संक्रमितमध्ये सबैभन्दा बढी पोखराका छन्। निर्देशनालयका अनुसार बिहीबार कास्कीका कोरोना पुष्टि हुनेको संख्या २ सय २१ छ । त्यस्तै, नवलपरासी पूर्वका ४१, बागलुङका ५८, तनहुँ २९, लमजुङ २७, गोरखा ३, पर्वत ८, म्याग्दीका ३२ र मुस्ताङका १४ जना छन् । प्रदेशभर भएका कुल ३ हजार ३१७ संक्रमितमध्ये २८ हजार संक्रमित होम आइसोलेसनमा छन् ।

दैनिक ठूलो मात्रामा कोरोना संक्रमितको संख्या थपिँदै जाँदा प्रदेशका आइसोलेसन वार्डहरु भरिन थालेका छन् । प्रदेशको एकमात्र कोभिड उपचार केन्द्र संक्रामक तथा सरुवा रोग उपचार केन्द्रमा अहिले ५३ जना संक्रमित उपचार गरिरहेका छन् । अस्पतालको बेड क्षमता ५० जना भए पनि बिरामीको संख्या थपिँदै जाँदा क्षमताभन्दा बढी संक्रमित राखेर उपचार गरिरहनु परेको अस्पतालका कार्यकारी प्रमुख डा विकास गौचनले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्ड पनि कोभिड बिरामीले भरिसकेको छ । ५० बेड क्षमताको उक्त आइसोलेन केन्द्रमा १९ गतेसम्ममात्रै जम्मा २७ संक्रमित उपचाररत थिए । प्रदेशमा बिहीबारमात्रै ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्कीका ३ र म्याग्दीका एक जना छन् । पोखरामा उपचारमा क्रममा थी संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा विनोदविन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा बिहीबार १ सय ४३ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै प्रदेशभर कोरोना जित्नेको संख्या १७ हजार नाघेको छ ।

योसँगै प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । कोरोना संक्रमण बढ्दै जाँदा पछिल्लो बैशाख यता मृत्यु हुनेको संख्या पनि बढेको छ । डा शर्माका अनुसार बैशाख यतामात्रै ३८ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति २०७८ वैशाख २३ गते बिहीबार ०७:३२
हजुरको प्रतिक्रिया