२०८३ साउन २१ गते बिहीबार

रूससँगको शान्ति सम्झौतामा युक्रेनलाई नेटोको सदस्यता दिँदैनौँः अमेरिका

रूससँगको शान्ति सम्झौतामा युक्रेनलाई नेटोको सदस्यता दिँदैनौँः अमेरिका

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २ गते शुक्रबार ०१:५२

राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कीभ र मस्को बीच शान्तिको लागि पूर्ण प्रयास गरिरहेको बेला यो टिप्पणी गरे ।

काठमाडौं ।

अमेरिकी रक्षा सचिव पिट हेगसेथले युक्रेन–रूस द्वन्द्व अन्त्य गर्न वार्ता गरिएको समाधानको रूपमा उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) मा युक्रेनको प्रवेशलाई अस्वीकार गरेका छन् ।

बेल्जियमको ब्रसेल्सस्थित नेटो मुख्यालयमा युक्रेन रक्षा सम्पर्क समूहको बैठकमा उद्घाटन भाषण दिँदै हेगसेथले युक्रेनको लागि सुरक्षा ग्यारेन्टी नेटो सदस्यतामार्फत प्रदान गरिनु हुँदैन भन्ने वाशिंगटनको अडान रहेको बताए ।

सचिवले युक्रेन र रूस बीचको सिमानालाई २०१४ मा रूसले क्रिमिया कब्जा गर्नु अघिको अवस्थामा फर्काउनुलाई अवास्तविक उद्देश्य भएको उल्लेख गरे ।

टेलिभिजन होस्टबाट रक्षा सचिव बनेका हेगसेथले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले कीभ र मस्को बीच शान्तिको लागि पूर्ण प्रयास गरिरहेको बेला यो टिप्पणी गरे ।

 

प्रकाशित मिति २०८१ फागुन २ गते शुक्रबार ०१:५२
हजुरको प्रतिक्रिया