२०८३ साउन २१ गते बिहीबार

यूके लैजान्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

यूके लैजान्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन २ गते शुक्रबार ०९:३८

पाेखरा । डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेका १९ वर्षीय मनिष भुजेल र २१ वर्षीय निशान पहारी छन् । उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो । फेसबुकमा नेहा...

पाेखरा ।

डिपेन्डेन्ट भिसामा यूके लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा काभ्रेका १९ वर्षीय मनिष भुजेल र २१ वर्षीय निशान पहारी छन् । उनीहरूलाई कास्की प्रहरीले पक्राउ गरेको हो ।

फेसबुकमा नेहा गुरुङ नाम गरेको नक्कली आईडी बनाएर उनीहरूले विभिन्न युवकहरूसँग कुरा गर्दैै डिपेन्डेन्ट भिसामा यूके लाने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । उनीहरूले ६ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ ।

पक्राउ परेका दुवै जनालाई आपराधिक विश्वासघातको कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति २०८१ फागुन २ गते शुक्रबार ०९:३८
हजुरको प्रतिक्रिया