२०८३ साउन २१ गते बिहीबार

मुख्यमन्त्री गुरुङको राजिनामा स्वीकृत,अव को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?

मुख्यमन्त्री गुरुङको राजिनामा स्वीकृत,अव को बन्ला गण्डकी प्रदेशको मुख्यमन्त्री ?

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २६ गते आइतबार ०७:३६

  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आईतबार पदबाट दिएको राजिनामा प्रदेश प्रमूख सीता कुमारी पौडैलद्धारा स्विकृत गरिएको छ । साथै प्रदेश प्रमुद पौड्यालले तीन दिन भित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गरेका...

 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आईतबार पदबाट दिएको राजिनामा प्रदेश प्रमूख सीता कुमारी पौडैलद्धारा स्विकृत गरिएको छ । साथै प्रदेश प्रमुद पौड्यालले तीन दिन भित्र नयाँ सरकार गठनका लागि दलहरुलाई आव्हान गरेका छन्।

नेपाल कम्युनिष्ट पार्टी एमाले नेता तथा मुख्यमन्त्री गुरुङले आज पदबाट राजिनामा दिएपछि गण्डकी प्रदेश प्रमूखको कार्यालयका अनुसार नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम ३ दिनभित्र सरकार गठनको आव्हान गरिएको हो ।

प्रदेशमा अर्को मन्त्रीपरिषद गठन नभएसम्म नेपालको संविधान को धारा १६९ को उपधारा (३)बमोजिम गुरुङको नेतृत्वको मन्त्रीपरिषदले कार्य संचालन गर्ने प्रदेश प्रमूखको कार्यालयले आज जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गरेको अविश्वासको प्रस्तावमा मतदान गर्ने अघिल्लो दिन आइतबार मुख्यमन्त्री गुरुङले नेपालको सविधानको धारा १६९को उपधारा (१)(क) बमोजिम प्रदेश प्रमूखसमक्ष राजिनामा दिएका हुन् ।

प्रकाशित मिति २०७८ वैशाख २६ गते आइतबार ०७:३६
हजुरको प्रतिक्रिया