२०८३ साउन २१ गते बिहीबार

जनवरीमा भारतको थोक मुद्रास्फीति २.३१ प्रतिशतमा झर्‍यो

जनवरीमा भारतको थोक मुद्रास्फीति २.३१ प्रतिशतमा झर्‍यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ४ गते आइतबार ०१:२२

डिसेम्बर २०२४ मा डब्ल्युपिआई मुद्रास्फीति दर २.३७ प्रतिशत र नोभेम्बर २०२४ मा २.१६ प्रतिशत थियो ।

काठमाडौं ।

भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको तथ्याङ्कले यस वर्षको जनवरीमा देशको थोक मूल्य सूचकांक २.३१ प्रतिशतमा झरेको देखाएको छ ।

जनवरीमा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य उत्पादन, खाद्य वस्तु, अन्य उत्पादन, गैर–खाद्य वस्तु र कपडाको उत्पादनको मूल्यमा भएको वृद्धिको कारणले भएको जनाइएको छ ।

डिसेम्बर २०२४ मा डब्ल्युपिआई मुद्रास्फीति दर २.३७ प्रतिशत र नोभेम्बर २०२४ मा २.१६ प्रतिशत थियो ।

डब्लुपीआई खाद्य मुद्रास्फीति डिसेम्बर २०२४ मा ८.८९ प्रतिशतबाट घटेर जनवरी २०२५ मा ७.४७ प्रतिशतमा पुगेको छ ।

प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०१:२२

हजुरको प्रतिक्रिया