२०८३ साउन २१ गते बिहीबार

दक्षिण पश्चिम पाकिस्तानमा बम विस्फोटः ११ जनाको मृत्यु, ६ जना घाइते

दक्षिण पश्चिम पाकिस्तानमा बम विस्फोटः ११ जनाको मृत्यु, ६ जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ४ गते आइतबार ०१:२६

उपायुक्तले सडकको छेउमा राखिएको विस्फोटक पदार्थ राखिएको र यसलाई रिमोट कन्ट्रोल उपकरणबाट विस्फोट गराइएको थियो ।

काठमाडौैं ।

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन् ।

हरनाईका उपायुक्त हजरत वलीले बताएअनुसार हरनाईको शाहराग क्षेत्रमा मजदुर बोकेको गाडीमा सडक छेउमा भएको बम विस्फोटमा ११ जनाको मृत्यु र ६ जना घाइते भएका छन् । प्रहरी, सुरक्षा बल र उद्धार टोली घटनास्थल पुगेर शव र घाइतेहरूलाई नजिकैको अस्पतालमा सारिएको छ, जहाँ एक जोडीको अवस्था गम्भीर छ ।

उपायुक्तले सडकको छेउमा राखिएको विस्फोटक पदार्थ राखिएको र यसलाई रिमोट कन्ट्रोल उपकरणबाट विस्फोट गराइएको थियो ।

मजदुरहरू कोइला खानीमा काम गर्न जाँदै गर्दा आक्रमणमा परेको अधिकारीले बताए । अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०१:२६

हजुरको प्रतिक्रिया