काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिँदै उनले यी आयोजनाहरूले तराई–मधेस क्षेत्र मात्र नभएर समग्र देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पु¥याउने भएकोले देशकै राष्ट्रिय गौरवका आयोजनाहरू भएको बताएका हुन् ।
जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुवाहक रेलसेवा दैनिक सञ्चालन भएको बताए । जयनगर–जनकपुर हरेक दिन ३ पटक र जनकपुर–विजयपुरा दिनको १ पटक आउने–जाने गरी रेल सेवा दिइएको उल्लेख गरे ।
उनले थप विजयपुरा–बर्दिवास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दै गरेको जिकिर गरे । काठमाडौं–तराई मधेस द्रुत मार्गलाई शिघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको उनको भनाइ छ ।
उनले भने, ‘तराई मधेसमा रहेका एवं त्यहाँका नागरिक लाभान्वित हुने आयोजनाहरूलाई सरकारले सधैँ प्राथमिकतामा राखेको छ । यी आयोजनाहरूले तराई–मधेस क्षेत्र मात्र नभएर समग्र देशको आर्थिक एवं सामाजिक विकासमा योगदान पु¥याउने भएकोले देशकै राष्ट्रिय गौरवका आयोजनाहरू हुन्। स्रोह्रौँ योजनामा यी आयोजनालाई प्राथमिकताका साथ समाबेश गरिएको छ। आवधिक योजनाको लक्ष्य अनुरुप हरेक वर्ष नीति तथा कार्यक्रम एवं बजेटमा पनि यस्ता आयोजनामा उल्लेखनीय बजेट विनियोजन गरी आयोजना कार्यान्वयनमा संलग्न निकायहरूलाई क्रियाशिल बनाइएको छ । जयनगर–जनकपुर–कुर्था–विजयपुरा ५२ किलोमिटर रेलवेको निर्माणकार्य सम्पन्न भई यात्रुबाहक रेलसेवा दैनिक सञ्चालन भएको छ । जयनगर–जनकपुर हरेक दिन ३ पटक र जनकपुर–विजयपुरा दिनको १ पटक आउने–जाने गरी रेल सेवा दिइएको छ । थप विजयपुरा–बर्दिवास सम्मको १७ किलोमिटर खण्डमा भारतीय सरकारको सहयोगमा छिट्टै निर्माण प्रक्रिया अघि बढ्दैछ । काठमाण्डौं–तराई मधेश द्रुत मार्गलाई शीघ्रताका साथ सम्पन्न गर्न नेपाली सेनालाई यसको जिम्मेवारी तोकिएको छ। यस आयोजना लाई छिटो सम्पन्न गर्ने सम्बन्धमा सम्बद्ध निकायका उच्च पदाधिकारीहरूसँग पटक पटक छलफल गरी तीव्रताका साथ कार्यान्वयन गरेको छु। यस आयोजनाको हालको भौतिक प्रगति ३७.६ प्रतिशत रहेको छ ।’
सुनकोशी मरिन डाईभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ्गको निर्माण सम्पन्न भई हाल हेडवक्र्स र पावरहाउस लगायतका संरचना निर्माणको काम अघि बढेको उनको भनाइ छ । हाल यसको भौतिक प्रगति ३५.१८ प्रतिशत रहेको जानकारी दिए ।
निजगढ अन्तर्राष्ट्रिय बिमानस्थलले ठूलो लगानीको माग गरेको भन्दै त्यस योजनाको लगानीको व्यवस्थापन गरी निर्माणकार्य अगाडि बढाउन सरकार सकारात्मक रहेको उनको भनाइ छ ।
प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०३:०७




