काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा मेरिटोक्रेसीको कुरा बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने गरिएको टिप्पणी गरेका छन् ।
आईतवार प्रतिनिधि सभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
उनले मेरिटोक्रेसी आलंकारिक भाषणको विषय नभएको बताए । उनले विश्वविद्यालयको व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेको उल्लेख गरे ।
उनले भने, ‘माननीयजीको अर्को प्रश्न छ, विश्वविद्यालयमा मेरिटोक्रेसीबारे। मेरिटोक्रेसी आलंकारिक भाषणको विषय होइन, शब्दको राम्रो पोशाक लगाएर मेरिटोक्रेसी हुने भए आज विश्लविद्यालयमा जे भइरहेको छ, त्यस्तो हुन्थ्यो र ? बाहिर शब्दको राम्रो पोशाक देखाउने र भित्र अर्कै गर्ने भइरहेको थियो, आज त्यसको परिणाम विश्वविद्यालय र हाम्रा संस्थाहरूले भोगिरहेका छन्। हामी त्यस्ता संस्थाहरूमा व्यवसायिक दक्षतालाई नै मुख्य योग्यता बनाउने गरी काम अगाडि बढाइरहेका छौं।’
प्रधानमन्त्री ओलीले अध्यादेशहरु प्रक्रियाबाट पारित हुने जानकारी दिए ।
२० वा २० प्रतिशत भए पुग्नेगरी राजनीतिक दलसम्बन्धी कानून नल्याउने प्रतिवद्धता जनाए ।
प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०३:१४




