२०८३ साउन २१ गते बिहीबार

एमाले नेपाली काँग्रेसको बुई चढेर हिँड्न बाध्य छः पूर्वप्रधानमन्त्री खनाल

एमाले नेपाली काँग्रेसको बुई चढेर हिँड्न बाध्य छः पूर्वप्रधानमन्त्री खनाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ फागुन ४ गते आइतबार ०४:२४

पूर्वप्रधानमन्त्री खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अफ्ठ्यारो हुने बताएका छन् ।

काठमाडौं ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमाले नेपाली काँग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका छन् ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले एमाले नेपाली काँग्रेसको बुई चढेर हिँड्न बाध्य भएको बताएका हुन् ।

उनले एमालेको आखिर मुख्य प्रतिद्वन्दी काँग्रेस भएपनि काँग्रेसकै बुई चढेर हिँडिरहेको टिप्पणी गरे । उनले विगतमा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले पनि त्यही गल्ती गरेको भन्दै अब त्यस्तो गर्न नहुने उल्लेख गरे ।

क्रान्तिकारी बाटो र अडान लिएर नेकपा (एकीकृत समाजवादी) अगाडि बढ्न जरुरी रहेको पूर्वप्रधानमन्त्री खनालको भनाइ छ । उनले समाजवाद प्राप्तिको एउटा आधारशिला नेकपा (एकीकृत समाजवादी) ले तयार गर्नुपर्ने जिकिर गरे ।

पूर्वप्रधानमन्त्री खनालले संगठन निर्माण गर्नेकुरालाई ध्यान दिन नसके संघर्षका कुरा अघि बढाउन अफ्ठ्यारो हुने बताएका छन् ।

उनले भने, ‘अहिले नेकपा एमालेको नेतृत्वलाई हेर्नुस् त । एमालेको आखिर मुख्य प्रतिद्वन्दी को हो ? काँग्रेस नै हो । तर काँग्रेसको बुईमा चढेर हिँड्न बाध्य छ । हिजो माओवादीले पनि त्यही ग¥यो । हामी पनि त्यसैतिर लागिरहेका छौँ । अब त हामीले सिक्यौँ की जस्तो लागेको छ । अब त्यो खालका गतिविधि हामलिे हामीले वास्तवमा क्रान्तिकारी बाटो र अडान लिएर अगाडि बढ्नुपर्छ । त्यसले मात्रै वास्तवमा समाजवाद प्राप्तिको एउटा आधारशिला तयार पार्दै हामी संगठन निर्माण गर्दै जानुपर्छ ।’

प्रकाशित मिति २०८१ फागुन ४ गते आइतबार ०४:२४
हजुरको प्रतिक्रिया