२०८३ साउन २१ गते बिहीबार

जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ वैशाख २९ गते बुधबार ०३:१९

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही स्वरुप उनलाई संसदीय दलको नेताबाट हटाईएको भन्दै महासचिव मनोज भट्टद्धारा...

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभामा आफ्नो संसदीय दलका नेता कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ । थापाले पार्टीको निर्देशन नमानेकाले कारबाही स्वरुप उनलाई संसदीय दलको नेताबाट हटाईएको भन्दै महासचिव मनोज भट्टद्धारा जारी विज्ञाप्तिमा उल्लेख छ ।

यस विषयमा संसद सचिवालयलाई जानकारी दिएको विज्ञप्तिमा उल्लेख छ। सांसद कृष्ण थापालाई संसदीय दलको नेताबाट कारबाही गरिएपनि सांसद पदबाट भने निलम्बन गरिएको छैन । पार्टीका आफ्नै प्रक्रिया हुने भन्दै यसपछि के कारबाही हुन्छ भन्ने कुरा अहिले नै बताउन नमिल्ने उनले बताए ।

प्रदेशसभामा तीन सदस्य रहेको राजमोका पियारी थापा र खीमविक्रम शाहीले विपक्षी कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी गठबन्धनले मुख्यमन्त्रीको रुपमा अगाडि सारिएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको पक्षमा हस्ताक्षर गरिसकेका छन् ।

सांसद कृष्ण थापाले भने उनको पक्षमा हस्ताक्षर गर्न इन्कार गरेसँगै विहान स्पष्टीकरण सोधेको राजमोले दिउसो संसदीय दलको नेताबाट हटाएको हो । राजमोले थप कारबाहीको बारेमा नबताएपनि कृष्ण थापालाई निलम्बनको प्रक्रिया अगाडि बढाएको र संसद सदस्यबाट नै हटाउने आफूहरुलाई आस्वासन दिएको गठबन्धन दलका एक नेताले बताए ।

त्यसो गर्दा ६० सदस्यीय गण्डकी प्रदेशसभामा ५९ सांसद हुने र ३० सांसदको साथ पाउँदा विपक्षी गठबन्धनलाई बहुमत पुग्ने ति नेताको दाबी छ ।

प्रकाशित मिति २०७८ वैशाख २९ गते बुधबार ०३:१९
हजुरको प्रतिक्रिया